back
NMB ad

काठमाडौँमा जोर- बिजोरका गाडी सञ्चालन गर्न माग गर्दै सर्वोच्चमा रिट

Kumari bank ad

काठमाडौं । उपत्यकामा सवारीसाधन बढ्दा प्रदूषण बढेर वातावरणमा असर पुगेकाले २० वर्षे गाडी हटाउन, जोर–बिजोर प्रणाली लागु गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ता रीता कार्की, श्यामकुमार श्रेष्ठले कानुनसमेत संशोधन गरी स्थायी रूपमै त्यस्तो व्यवस्था गर्न माग गर्दै बुधवार रिट निवेदन दर्ता गरेका हुन् ।

उपत्यकामा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न अति विशिष्ट व्यक्ति, आकस्मिक सेवा, सुरक्षाकर्मी, कूटनीतिक नियोग, निजामती कर्मचारी एवं संस्थान, विद्यालय, अपांगता भएका व्यक्तिका बाहेक व्यक्तिगत र सार्वजनिक सवारीबारे कानुनमा संशोधन गरी स्थायी रूपमै जोर(बिजोरको तालिका लागू गर्न परमादेश जारीका लागि निवेदनमा आग्रह गरिएको छ ।

‘स्थायी रूपमै जोर–बिजोर तालिकाअनुसार सवारी सञ्चालन गर्ने, २० वर्षे पुराना सवारीसाधन उपत्यकामा गुड्न नदिने निर्णय प्रभावकारी कार्यान्वयन गर्न,’ रिट निवेदनमा भनिएको छ, ‘उपत्यकामा गुड्ने सवारीसाधनको प्रदूषण जाँच गरी सञ्चालनको अनुमति दिने।’ स्थायी कानुन नबनेसम्म तत्कालबाट जोर–बिजोर तालिकाबमोजिम निजी र सार्वजनिक सवारीसाधन चलाउने व्यवस्था गर्न पनि माग गरिएको छ। (नागरिक दैनिकबाट)

२०७६ पुस ०३ गते प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार ०९:१३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...