काठमाडौं । सिभिल बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एन.बी.आईले सिभिल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ ।
२०७६ पुस ०३ गते प्रकाशित
वि.सं.२०७६ पुस ३ बिहीवार ०९:४१ मा प्रकाशित