काठमाडौं । बैशाख १ गतेबाट संयुक्त कारोवारको तयारी सहित दुई वित्तिय संस्थाहरु गाभिने भएका छन । धौलागिरि लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था गाभिने भएका हुन ।
गाभिनका लागि दुबै संस्थाबीच औपचारिक सम्झौता भएको छ । मर्जर सम्झौता अनुसार, संस्थाको नाम धौलागिरि आँधीखोला लघुवित्त वित्तीय संस्था हुने छ ।
संस्थाको अध्यक्षमा धौलागिरबाट इश्वरलाल राजभण्डारी हुने छन् भने प्रमुख कार्यकारीमा आँधीखोलाका डोलराज केसी हुने छन्। धौलागिरिका प्रमुख कार्यकारी शिवराम जोशी नायव प्रमुख कार्यकारी बन्ने छन् ।
मर्जरपछि केन्द्रीय कार्यालय पोखरा हुने छ । मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्ने छ । संयुक्त कारोबार हुँदा शाखा संख्या ५५ पुग्ने छ ।
धौलागिरिले ३६ शाखामार्फत २८ हजार सदस्यलाई सेवा दिइरहेको छ । आँधीखोलाले १९ शाखाबाट १६ हजारलाई सेवा दिइरहेको छ ।
२०७६ पुस ०३ गते प्रकाशित
वि.सं.२०७६ पुस ३ बिहीवार १२:४० मा प्रकाशित