back
NMB ad

शुक्रवार तीन कम्पनीको एजिएम, यस्ता छन एजेण्डा

Kumari bank ad

काठमाडौं । शुक्रवार तीन कम्पनीको साधारण सभा हुँदैछ । युनियन लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र रिडी हाइड्रोपावर कम्पनीले सभा गर्न लागेका हुन ।

युनियन लाइफले रुपन्देही, गणपति माइक्रोफाइनान्सले तनहुँ र रिडी हाइड्रोले काठमाडौंमा सभा बोलाएका छन । सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको युनियन लाइफले यस वर्ष आव २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने आव २०७५/७६ को लागि लेखा परिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ ।

साथै ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत सभाका लागि तय गरिएको छ । गणपतिले सभाका लागि मंसिर १८ गतेदेखि बुक क्लोज गरेको छ ।

त्यस्तै रिडी हाइड्रोले ५ प्रतिशत बंोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । रिडीले सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गरेको छ ।

सभा युनियन लाइफको विहान १० बजे, गणपति माइक्रोफाइनान्सको दिउसो ३ बजे र रिडी हाइड्रोको अपराहन्ह १२ः३० बजे शुरु हुनेछ ।

२०७६ पुस ०३ गते प्रकाशित

वि.सं.२०७६ पुस ३ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...