काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिने भएको छ । त्यसका लागि बैंकले आगामी पुस २५ गते १२ औं वार्षिक साधारण सभा गर्ने छ ।
बैंकले चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् १ अर्ब ५४ ९८ लाख रुपैयाँको बोनश सेयर वितरण गर्न लागेको हो । बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख रहेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब १९ करोड ८७ लाख खुद नाफा गर्न सफल भएको थियो ।
साधारण सभाले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने जनाएको छ । पुष १३ गतेसम्म बैंकको सेयर सुरक्षित गर्नेले वोनश सेयर प्राप्त गर्नेछन् ।
२०७६ पुस ०४ गते प्रकाशित
वि.सं.२०७६ पुस ४ शुक्रवार ०९:५१ मा प्रकाशित