काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बिच संस्थाका सभापति श्री डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख श्री दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण भयो ।
बैकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्र्तगत नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण भयो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री श्री धर्मराज अधिकारीले गर्नुभएको थियो ।
२०७६ पुस ०४ गते प्रकाशित
वि.सं.२०७६ पुस ४ शुक्रवार १२:०६ मा प्रकाशित