back
NMB ad

घर बनाउने उपयुक्त मौका : सस्तियो निर्माण सामग्रीको मूल्य, कति घट्यो ?

Kumari bank ad

काठमाडौं । तपाईंसँग जग्गा छ र घर बनाउने सोचमा हुनुहन्छ भने ढिला नगर्नुस् । किनभने अहिले घर निर्माणका लागि चाहिने आवश्यक कच्चा पदार्थको मूल्य न्यून विन्दुमा आइपुगेको छ ।

घर बनाउनका लागि आवश्यक महत्वपूर्ण सामग्री मध्ये सिमेन्ट र रडको मूल्य निरन्तर घटेको छ । यसको फाइदा लिन उपभोक्ताले अहिले घर बनाउनु सबैभन्दा उपयुक्त समय हो ।

गतवर्ष यही अवधिमा ९ सय रुपैयाँ प्रतिबोरा पर्ने ओपीसी सिमेन्टको मूल्य अहिले ७ सय तल झरिसकेको छ । त्यसैगरी, गतवर्ष यहि अवधिमा ८५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको रडको मूल्य अहिले ६०/६२ रुपैयाँमा पाइन्छ । घर बनाउँदा सबैभन्दा धेरै सिमेन्ट र रड आवश्यक हुन्छ । अधिकांश पैसा पनि सिमेन्ट र रड किन्दा नै खर्च हुन्छ ।

गत वर्षको तुलनामा सिमेन्ट प्रतिबोरामा तीन सय देखि साढे तीन सयसम्म कम र रडमा प्रतिकेजी २० देखि २५ रुपैयाँ सस्तो हुुनु भनेको घर बनाउँदा धेरै पैसा बचत हुनु हो ।

यदि आफूसँग जग्गा छ भने अहिले घर बनाउदा ठूलो रकम जोगाउन सकिन्छ । बजारमा सिमेन्ट र रडको उत्पादन माग भन्दा बढी भएकै कारण मूल्य निरन्तर ओरालो लागेको छ ।

एकातिर नयाँ नयाँ सिमेन्ट र तथा रड उद्योग खुल्नेक्रम बढिरहेका छन् भने अर्को्तिर बजारमा सिमेन्ट र रडको मूल्य घटिरहेको छ ।

यस्तो अवस्थामा घर बनाउने सोच राखेका ग्राहकलाई अत्यधिक फाइदा हुने देखिन्छ । बैङकहरुले पनि घर बनाउनका लागि होम लोनका नयाँ नयाँ स्किमहरु सार्वजनिक गरिरहेका छन् ।

राष्ट्र बैङकले पहिलो पटक घर बनाउन वा किन्नका लागि बैङकबाट ७० प्रतिशतसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यस्तै विभिन्न बैङकले होम लोनका लागि अफरहरु सार्वजनिक गरेका छन् । नेपाल बैङकले ११.३४, एनएमबीको १०.४, लक्ष्मीको १२.६, प्रभुको ११.७५ प्रतिशतमा होमलोन दिइरहेका छन् ।

यी बैंकहरुले ग्राहकको आवश्यकता अनुसार ३५ बर्षसम्म किस्ताबन्दी सुबिधा पनि उपलब्ध गराएको छ । पूर्वाधार निर्माणमा सुस्तता र पुँजीगत खर्च नभएको कारण त्यसको प्रत्यक्ष असर सिमेन्ट तथा स्टिल उद्योगमाथि परेको छ ।

केही वर्ष अघिसम्म निर्माण कार्यले गति लिएका बेला सिमेन्टको मूल्य आकाशिएको थियो । अहिले सिमेन्टको माग कम भएकाले सस्तो मूल्यमा सिमेन्ट उत्पादन गरेर बजारमा पठाइरहेका छन् ।

यस्तो अवस्था सधै नरहन पनि सक्छ । विकास निर्माण गति लिने वित्तिकै र पुँजीगत खर्च बढाउने वित्तिकै सिमेन्ट तथा रडको माग र मूल्य दुवै बढ्न सक्छ ।

त्यसैले घर बनाउने ग्राहकले अहिलेको स्वर्णीम अवसरलाई गुमाउनु हुँदैन । इन्डष्ट्रिमा नयाँ नयाँ प्लेयर भित्रिएको र मूल्यमा चर्को प्रतिस्पर्धा भएको हो ।

खासगरी होङ्सी सिमेन्टको प्रवेशपछि सिमेन्ट तथा क्लिङ्करको मूल्यमा भारी गिरावट आएको हो । त्यही गिरावटलाई उपभोक्ताले फाइदा लिन सक्नुपर्छ ।

उद्योगीका लागि अहिलेकाँही खुला बजार अर्थतन्त्र निर्मम पनि हुन्छ । अहिले सिमेन्ट र रड उद्योगीका लागि भने खुला बजार निर्मम नै सावित भएको छ भने त्यसको प्रत्यक्ष फाइदा उपभोक्तालाई पुग्छ ।

कुनै समय प्रतिटन क्लिङकरको मूल्य १२ हजार रुपैयाँसम्म थियो । त्यही बेला सिमेन्टको मूल्य पनि ९ सय देखि ११ सयसम्म उपभोक्ता मूल्य तय भएको थियो । अहिले झण्डै झण्डै आधा मूल्य घटिसकेको छ ।(क्यापिटल नेपालबाट)

२०७६ पुस ०४ गते प्रकाशित

वि.सं.२०७६ पुस ४ शुक्रवार १३:०७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...