back
NMB ad

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन । योभन्दा पहिला पार्टीले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उनी पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् ।

उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । दुवै तत्कालीन एमालेतर्फका नेता हुन् ।

उता आफ्नो भागमा परेको भन्दै तत्कालीन माओवादी केन्द्रका नेताहरू अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि भावी सभामुखमा चर्चामा छ । पार्टी एकतापछि पार्टी्भित्र ‘यो पक्ष र त्यो पक्ष’ भन्न नहुने धारणा सार्वजनिक भइरहेको छ ।

नेकपा सचिवालय बैठकले सरकार सञ्चालनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सञ्चालनको जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरिसकेको छ ।

पार्टी्भित्र नै व्यापक छलफल गरी सरकार र पार्टी दुवै मोर्चामा दुवै अध्यक्षले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् । पार्टीको स्थायी समिति बैठकमा समेत पार्टीको तर्फबाट अध्यक्ष दाहालले नै प्रतिवेदन तयार पारी प्रस्तुत गरेका थिए । पार्टीको निर्णयअनुसार नै सरकार सञ्चालन गर्ने विषयमा दुवै अध्यक्षले स्पष्ट रूपमा बताउँदै आएका छन् ।

नेकपाको तर्फबाट सभामुख चयनका लागि सहज वातावरण बनाउनका लागि पार्टीले गरेको आग्रहअनुसार उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन् । उनले अधिवेशन सुरु गर्ने बैठक आफूले नै सञ्चालन गर्ने पार्टी नेतृत्वलाई बताउँदै आएकी थिइन् । उनको इच्छाअनुसार शुक्रबारको बैठक उनले नै सञ्चालन गरिन् ।

शुक्रबार बसेको प्रतिनिनिधिसभा बैठकमा शीर्ष नेताहरू नै उपस्थित नहुँदा दलीय आधारमा बोल्ने कार्यसूची नै राखिएको थिएन । बैठकपूर्व बसेको कार्यव्यवस्था समितिका बैठकले प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुखले गर्ने निर्णय गरेका थियो । सभामुख निर्वाचनको विषयमा पनि कार्यव्यवस्था समिति बैठकले एक सातापछि दोस्रो बैठक बोलाउने र सभामुख निर्वाचनलगायतका विषयमा छलफल गर्ने निर्णय गरेको थियो ।

सभामुख निर्वाचन हुने बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने छैनन् । सभामुख र उपसभामुख निर्वाचनको अध्यक्षता प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं सांसद महन्थ ठाकुरले गर्नेछन् ।

अहिलेको प्रतिनिसभामा ज्येष्ठ सदस्य भएका कारण उनले सभामुख चयनका लागि बस्ने बैठकको अध्यक्षता गर्नेछन् । यदि ११ पुसभन्दा अगाडि नै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गरेको अवस्थामा उनै ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् ।

नेकपाले सभामुख आफ्नो पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरे पनि नयाँ सभामुख छान्न नसक्दा अन्योल छाएको छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार ०७:२४ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...