back
NMB ad

कृषि विकास बैंकको एजिएम पुस २७ गते : सेयरधनीलाई ३०% लाभांश दिने

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको संचालक समितिको ७ सय ८८ औं बैठकले उक्त बैंकको वार्षिक साधारणसभा पुस २७ गते आइतबार गर्ने निर्णय गरेको छ ।

बैंकले साधारणसभामा गत आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण बुझाउँदा उक्त बैंकको लगानी रहेका सहायक कम्पनीहरुको पनि संयुक्त रुपमा वित्तीय विवरण बुझाउनेछ।

कृषि विकास बैंकको लगानी रहेको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी लिमिटेड, गोबर ग्याँस कम्पनी र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०७६/०७७ को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण साधारणसभामा पेश गर्ने गरी संचालक समितिले प्रस्ताव स्वीकृत गरेको हो ।

कृषि विकास बैंक लिमिटेडले साधारण सभामा पेश गर्न लागेको वित्तीय विवरणअनुसार उक्त बैंकको कोष व्यवस्थापन कम्पनी लिमिटेडमा ९२ दशमलव ८९ प्रतिशत र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ प्रतिशत स्वामित्व छ ।

व्यवस्थापन कम्पनी लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था नाफामा संचालन भइरहेका छन् भने गोबरग्याँस कम्पनी शतप्रतिशत घाटामा छ ।

गत आर्थिक वर्षमा कोष व्यवस्थापन कम्पनीले २ करोड ५९ लाख नाफा गरेकोमा बैंकको शेयरधनी कोषमा २ करोड ९ लाख रुपैयाँ थपिएको छ ।

कोष व्यवस्थापन कम्पनीमा रहेको कुल पुँजी कोषको ८५ प्रतिशत विभिन्न कम्पनीको सेयरमा लगानी गरिएको छ । यस कम्पनीले अन्य कुनैपनि कारोबार गरेको छैन । सो कम्पनीमा बैंकले २ करोड ८८ लाख रुपैयाँ लगानी गरेर ४ करोड ९८ लाख रुपैयाँ बराबरको खुद सम्पत्ति नियन्त्रण गरेको छ ।

बैंकको ८३ दशमलव ९६ प्रतिशत स्वामित्व रहेको गोबर ग्याँस कम्पनीमा लगानी भएको ३२ लाख ४१ हजारको शतप्रतिशत नोक्सानी देखिएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकको संचालक समितिले साधारण सेयरधनीलाई प्रतिशेयर २४ प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा लैजानेछ। यसरी बैंकले आफ्ना साधारण सेयरधनीका लागि ३० प्रतिशत बराबर लाभांश वितरण गर्न लागेको हो।

अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि संचालक समितिको बैठकले गरेको छ। बैंकले आफ्नो अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने विषयलाई पनि साधारणसभामा लैजाने जनाएको छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...