back
NMB ad

एनएमबि बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा

Kumari bank ad

काठमाडौं । एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषतासहित जीवन्त तुल्याएको छ, जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ ।

१५ वर्षसम्मको अवधिका लागि शतप्रतिशत लगानी र चार वर्षसम्मको थप विलम्बकालीन(ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ ।

बैंकले ग्राहक(विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको हो ।

बैंकले शत प्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ । साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको छ ।

यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष र्पुयाइएको छ । जहाँ ऋण स्थगन अवधि कम्तिमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ । एनएमबी बैंकको हाल देशभरी १६३ शाखाहरू, १२८ एटीएमहरु र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

२०७६ पुस ०६ गते प्रकाशित

वि.सं.२०७६ पुस ६ आइतवार १५:३७ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...