back
NMB ad

मुद्दती, बचत, चल्ती र कल खातामा कुन बैंकसँग निक्षेप कति ?

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्म २९ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन । मुद्दती, चल्ती, बचत र कल खातामा गरी सो रकम संकलन भएको हो ।

वाणिज्य बैंकहरुले संकलन गरेको रकममध्ये सबैभन्दा धेरै हिस्सा मुद्दती रकमले ओगटेको छ । सर्वसाधारणको मुद्दती खाता (फिक्स्ड डिपोजिट)मा १४ खर्ब ९ अर्ब रुपैयाँ संकलन भएको छ ।

कात्तिक मसान्तसम्म २८ बैंक (जनता ग्लोबलमा मर्ज हुनुअघि) मा सो रकम संकलन भएको हो। गत वर्षको कात्तिकसम्म मुद्दती खातामा ११ खर्ब २४ अर्ब रुपैयाँ थियो।

पछिल्लो समय रकमका आधारमा मुद्दतीको हिस्सा बढ्दै गएको छ। चल्ती र बचतमा भन्दा बढी व्याज पाइने भएकाले ठूलो रकम मुद्दतीमै जम्मा हुने गरेको छ। व्याज खानकै लागि मुद्दतीमा रकम लगानी हुने गर्दछ ।

अर्कोतर्फ ठूला संस्थानहरुले मुद्दती खातामा बढी पैसा राख्ने हुँदा मुद्दतीको हिस्सा बढ्दै गएको हो। दीर्घकालीन स्रोत जुट्ने भएकाले मुद्दती खाताको हिस्सा बढ्नु राम्रो मानिन्छ।

कात्तिक मसान्तसम्म बैंकहरुको कुल निक्षेप रकममा ५४. २ प्रतिशत हिस्सा मुद्दतीको छ। गत वर्षको कात्तिकमा यो हिस्सा ५२. ४० प्रतिशत थियो । मुद्दती खाताको सबैभन्दा बढी रकम एनआइसी एसिया बैंकमा छ ।

सो बैंकले मुद्दतीमा ८५ अर्ब रुपैयाँ संकलन गरेको छ । मुद्दती खाताको रकम सबैभन्दा कम हुनेमा स्टान्डर्ड चार्टड छ। सो बैंकको मुद्दती खातामा २० अर्ब रुपैयाँ मात्रै संकलित छ ।

कात्तिक मसान्तसम्म बचत खातामा कुल ९ खर्ब ३१ अर्ब रुपैयाँ संकलन भएको छ। गत वर्षको कात्तिकसम्म बचत खातामा ८ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

बचत खातामा भने राष्ट्रिय वाणिज्य बैंकमा सबैभन्दा बढी रकम छ । उसले बचत खातामा ९४ अर्ब रुपैयाँ संकलन गरेको छ । बचत खातामा सिभिलको सबैभन्दा कम १० अर्ब ७४ करोड संकलित छ ।

त्यस्तै कात्तिक मसान्तसम्म सर्वसाधारणले बैंकहरुमा खोलेका चल्ती खातामा कुल २ खर्ब ४५ अर्ब रुपैयाँ संकलन भएको छ । यस खातामा पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि छ । विभिन्न चल्ती खातामार्फत सो बैंकले कात्तिक मसान्तसम्म ४५ अर्ब रुपैयाँ संकलन गरेको छ ।

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुमा ३ खर्ब ५३ अर्ब रुपैयाँ कल डिपोजिटका रुपमा संकलित छ । कल डिपोजिटमा नविल बैंकसँग सबैभन्दा बढी रकम ३२ अर्ब रुपैयाँ संकलित छ ।

हेर्नुहोस् ! मुद्दती, बचत, चल्ती र कल खातामा कुन बैंकसँग निक्षेप कति ?

बैंकमुद्दती खातामा रकमबचत खातामा रकमचल्ती खातामा रकमकल खातामा रकम
नेपाल31 अर्ब 28 करोड50 अर्ब 38 करोड27 अर्ब 11करोड5 अर्ब 91 करोड
राष्ट्रिय वाणिज्य33 अर्ब 30 करोड94 अर्ब 40 करोड48 अर्ब 31करोड14 अर्ब 24 करोड
नविल69 अर्ब 85 करोड52 अर्ब 16 करोड18 अर्ब 51करोड32 अर्ब 35 करोड
इन्भेष्टमेन्ट74 अर्ब 96 करोड42 अर्ब 28 करोड13 अर्ब 98 करोड21 अर्ब 29 करोड
स्टान्डर्ड चार्टड20 अर्ब 01 करोड28 अर्ब 67 करोड14 अर्ब 59 करोड15 अर्ब 08 करोड
हिमालयन54 अर्ब 62 करोड39 अर्ब 79 करोड11 अर्ब 80 करोड8 अर्ब 32 करोड
एसबिआई59 अर्ब 44 करोड31 अर्ब 40 करोड4 अर्ब 84 करोड2 अर्ब 89 करोड
बंगलादेश28 अर्ब 65 करोड14 अर्ब 54 करोड6 अर्ब 47 करोड11 अर्ब 33 करोड
एभरेष्ट65 अर्ब 68 करोड43 अर्ब 06 करोड9 अर्ब13 अर्ब 02 करोड
बिओके51 अर्ब 63 करोड22 अर्ब 72 करोड5 अर्ब 46 करोड6 अर्ब 54 करोड
एनसिसी32 अर्ब 59 करोड20 अर्ब 40 करोड3 अर्ब 49 करोड15 अर्ब 11 करोड
एनआइसी85 अर्ब 84 करोड62 अर्ब 37 करोड13 अर्ब 26 करोड17 अर्ब 53 करोड
माछापुच्छ्रे51 अर्ब 63 करोड28 अर्ब 40 करोड4 अर्ब 19 करोड11 अर्ब 80 करोड
कुमारी50 अर्ब 96 करोड19 अर्ब 07 करोड4 अर्ब 27 करोड14 अर्ब 08 करोड
लक्ष्मी49 अर्ब 93 करोड25 अर्ब 44 करोड4 अर्ब 43 करोड9 अर्ब 87 करोड
सिद्धार्थ62 अर्ब 10 करोड36 अर्ब 73 करोड6 अर्ब 77 करोड18 अर्ब 47 करोड
कृषि विकास71 अर्ब 09 करोड36 अर्ब 13 करोड12 अर्ब 98 करोड2 अर्ब 53 करोड
ग्लोबल आइएमई64 अर्ब 12 करोड46 अर्ब 43 करोड8 अर्ब 15 करोड13 अर्ब 77 करोड
सिटिजन्स47 अर्ब 37 करोड17 अर्ब 92 करोड4 अर्ब 64 करोड8 अर्ब 67 करोड
प्राइम43 अर्ब 81 करोड17 अर्ब 33 करोड3 अर्ब 81 करोड21 अर्ब 99 करोड
सनराइज44 अर्ब 72 करोड24 अर्ब 65 करोड4 अर्ब6 अर्ब 82 करोड
एनएमबि65 अर्ब 66 करोड34 अर्ब 28 करोड5 अर्ब 27 करोड12 अर्ब 76 करोड
प्रभु50 अर्ब 21 करोड42 अर्ब 29 करोड6 अर्ब 09 करोड14 अर्ब 07 करोड
जनता42 अर्ब 93 करोड21 अर्ब 67 करोड3 अर्ब 67 करोड10 अर्ब 64 करोड
मेगा43 अर्ब 21 करोड20 अर्ब 95 करोड4 अर्ब 24 करोड15 अर्ब 06 करोड
सिभिल27 अर्ब 62 करोड10 अर्ब 74 करोड2 अर्ब 46 करोड7 अर्ब 39 करोड
सेन्चुरी35 अर्ब 85 करोड16 अर्ब 21 करोड2 अर्ब 71 करोड12 अर्ब 10 करोड
सानिमा50 अर्ब 73 करोड30 अर्ब 78 करोड5 अर्ब 49 करोड9 अर्ब 57 करोड

Source: Nepal Bankers’ Association

वि.सं.२०७६ पुस ६ आइतवार १६:५८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...