back
NMB ad

नबिल बैंकको कर्जा योजना : ७५ लाखसम्मको ऋण ३५ घण्टा भित्र ! व्याजदर कति ?

Kumari bank ad

काठमाडौं । नबिल बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ ।

बैंकले कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा यो योजना ल्याएको जनाएको छ ।

बैंकले यूडेएड सक्षमसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले उद्यम कर्जाका लागि आवेदन दिने ग्राहकको कर्जा स्वीकृत भए/नभएको ३५ घण्टाभित्र जानकारी दिइने बताए ।

बैंकले अधिकतम ७५ लाख रुपैयाँसम्म १०.५ प्रतिशत ब्याजदरमा यो कर्जा दिने उनले बताए । यो योजना साना तथा मझौला उद्यमका लागि मात्रै रहेको बैंकले जनाएको छ ।

साना तथा मझौला क्षेत्रमा नबिलले आफ्नो ‘रफ्तार’ बढाउन यस्तो योजना ल्याएको पनि उनले बताए । उनले भने, “यो योजनाबाट साना तथा मझौला क्षेत्रमा ‘भ्याकुते छलाङ’ मार्छौं ।”

नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजनाको सफलतापछि साना तथा मझौला क्षेत्रका लागि यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ ।  क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल पहिलो बैंक बन्ने बैंकले जनाएको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिने गरी ‘आकर्षक प्याकेज’ का साथ यो योजना ल्याएको जनाएको छ ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १४:०७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...