back
NMB ad

सेयर बजार सुधारको निरन्तरता : दोस्रो दिन दाेहाेराे अंकले बढ्याे

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन सुधारिएको सेयर बजार दोस्रो दिन पनि निरन्तरता पाएको छ । अघिल्लो साता अधिकांश दिन ओरालो लागेको बजार आइतबार १.१७ अंकले बढेको थियो ।

सोमबार त झन १७ दशमलव ७७ अंकले बजार उकालो लागेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसमूहहरु उकालो लागेका छन् ।

नेस्पे परिसूचक बढेर १ हजार १ सय ६८ दशमलव ५८ अंकमा पुगेको छ । ारोबार रकम तथा कारोबार संख्या समेत सोमबार राम्रै देखिएको छ ।

दिनभर भएका ८ हजार ९३ कारोबारबाट विभिन्न कम्पनीका १७ लाख ५४ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५९ करोड ५७ लाख ६४ हजार ५ सय ४४ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट पहिलो नम्बरमा देखिएको छ । शिवमको सोमबार ५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार रकम ४ करोड ९९ लाख ६८ हजार रुपैयाँ नघाउदै नविल बैंक दोस्रो नम्बरमा देखिएको छ भने तेस्रो नम्बरमा४ करोड ७३ लाख रुपैयाँ नाघेर नेपाल बैंक लिमिटेड देखिएको छ ।

३ करोड ७४ लाख रुपैयाँ बढी कारोबार गरेर नेपाल क्रेडिट एण्ड कमर्श बैंक चौथो र ३ करोड ४८ लाख रुपैयाँ बढी कारोबार भएर नागरिक लगानी कोष कारोबार रकमका आधारमा पाँचौ नम्बरमा देखिएको छ ।

२०७६ पुस ०७ गते प्रकाशित

वि.सं.२०७६ पुस ७ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...