काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई नेप्सेको वेबसाइटमा सूचना अनिवार्य रुपमा अपलोड गर्न निर्देशन दिएको छ ।
कम्पनीहरुबाट प्रवाह हुने सूचनालाई नेप्सेले अपलोड गर्न सक्ने सुविधा दिएपनि कतिपय संस्थाहरुले सो सुविधा प्रयोग नगरेपछि अनिवार्य रुपमा नेप्सेको वेबसाइटमा अपलोड गर्न भनेको हो ।
सूचीकृत संगठित संस्थाहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ को विनियम २२ तथा धितोपत्र सूचकिरण सम्बन्धि सम्झौता बमोजिम सूचना तथा जानकारीहरु नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
यस सम्बन्धि सूचना नेप्सेले बारम्बार जारी गरिसकेकाले अब पनि कम्पनीले बेवास्ता गरेमा सोही विनियमावलीको विनियम १६ को १(ख) बमोजिम धितोपत्र सूचीकरण स्थगन गरीने नेप्सेले सूचनामार्फत जानकारी गराएको छ ।
वि.सं.२०७६ पुस ७ सोमवार १६:१९ मा प्रकाशित