यस्तो छ विदेशी मुद्राको आजको विनियमदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबार (पुस ८) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा रहेको छ ।


२०७६ पुस ०८ गते प्रकाशित

२०७६ पौष ८ गते ०७:३९ मा प्रकाशित

You can share this post!

नेप्सेमा ३ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत

यसकारण नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव !

Related posts