back
NMB ad

४५ मेगावाटको भोटेकोशीले सुरु गर्यो व्यावसायीक उत्पादन

Kumari bank ad

सिन्धुपाल्चोक । ४५ मेगावाट क्षमताको भोटेकोशी पावर कम्पनीले मंगलबारदेखि व्यावसायीक रुपमा नै विद्युत उत्पादन सुरु गरेको छ ।

प्राकृतिक विपत्तीबाट क्षतीग्रस्त भोटेकोशी जलविद्युत् आयोजनाले दुई साता अघि पुननिर्माण सम्पन्न गरेर परिक्षण प्रशारण सुरु गरेको थियो ।

दुइ साताको सफल परिक्षण प्रशारणपछि व्यावसायीक रुपमा विद्युत उत्पादन सुरु गरिएको भोटेकोशी जलविद्युत आयोजनाका महाप्रबन्धक विक्रम स्थापितले जानकारी दिए ।

४५ मेगावटको विद्युत उत्पादन क्षमता भएपनि भोटेकोशी नदीमा पानीको पहाव कम भएकाले अहिले आधा मात्रै विद्युत उत्पादन भइरहेको स्थापितले बताए ।

नदीमा पानीको वहाब कम छ, त्यसैले बढीमा २५ र घटीमा २२ मेगावाटसम्म दैनिक विद्युत उत्पादन भइरहेको छ स्थापितले भने, ‘नदीमा पानीको वहाब बढ्न साथा फुल फेजमा विद्युत उत्पादन हुन्छ ।’

विद्युत उत्पादन सुरु भएपछि १५ दिन परिक्षण प्रशरण गर्नुपर्ने प्रँधिकरणको नियमअनुसार भोटेकोशीले १५ दिन परिक्षण प्रशारण गरेको र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लामोसाँघुमा रहेको राष्ट्रिय ग्रिडमा जोडिएको आयोजनाले जानकारी दिएको छ । परिक्षण उत्पादनमा कुनै समस्या नदेखिएको स्थापितले जानकारी दिए ।

पटक पटकको प्राकृतिक विपत्तीबाट भोटेकोशी आयोजना लगभग पुर्ण रुपमा क्षतिग्रस्त भएको थियो । जुरे पहिरो भुकम्पबाट आयोजनामा केही क्षीत भएपनि २०७३ असार ११ गते भोटेकोशी नदीमा आएको भिषण बाढीले आयोजनाको ड्याम क्षेत्रमा पुर्णतय क्षती भएको थियो ।

भोटेकोशी जलविद्युत आयोजनाले क्षतिग्रस्त आयोजनाको पुननिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोलाई दिएको थियो । फास्ट ट्रयाकमा निर्माण सम्पन्न गर्ने गरी आयोजनाले कामको जिम्मा दिए अनुसार सीनो हाइड्रोले समयमा नै काम सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना पुननिर्माणका लागि सात अरब खर्च भएको महाप्रबन्धक स्थापितले जानकारी दिए । यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जतिकै भयो महाप्रन्बधक स्थापितले भने, ‘क्षति धेरै भयो, लागत पनि बढ्यो ।’

आयोजनाको हेर्डवक्स मात्रै होइन सुरुङमा समेत क्षति पुगेको थियो , भुकम्पमा पेनस्टक पाइप पुर्ण रुपमा क्षतीग्रस्त भएको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ ।

भुकम्पमा अन्य संरचनामा मात्रै क्षती भएपनि बाढीले भने ड्याम र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ । पाँच वर्षदेखि आयोजना बन्द हुँदा बार्षिक अरबौ रुपियाँ नोक्सानी भएको आयोजनाले जानकारी दिएको छ ।

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस ८ मंगलवार १७:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...