काठमाडौं । दोस्रो बजारमा बुधबार ऋणपत्रको पनि कारोबार भएको छ । कम्पनीहरुले ऋणपत्र निष्कासन पश्चात दोस्रो बजारमा सूचीकृत गराएपनि कारोबार भने हुने गरेको छैन ।
बुधबार सानीमा बैंकको प्रतिकित्ता रू. ९६३ मा रू.४ करोड ८१ लाख ५० हजार बराबरको २५ हजार कित्ता ऋणपत्र खरीद विक्री भएको छ ।
ब्रोकर नम्बर ३८ दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट उक्त ऋणपत्र खरीदविक्री भएको हो । सानीमा बैंकले प्रतिकित्ता रू.१००० मूल्यको दशवर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरको ऋणपत्र विसं २०७५ साल पुस २४ गते बाँडफाँट गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ताले चाहेमा दोस्रो बजारमा ऋणपत्र खरीदविक्री गर्न सकिने बताएको छ ।आम लगानीकर्तामा रहेको ऋणपत्रको खरीदविक्री हुँदैन भन्ने भ्रम दोस्रो बजारमा भएको ऋणपत्र कारोबारले तोडेको समेत नेप्सेले प्रष्ट पारेको छ ।
२०७६ पुस ०९ गते प्रकाशित
वि.सं.२०७६ पुस ९ बुधवार १३:३० मा प्रकाशित