अब बैंकमार्फत दैनिक २० किलो मात्र सुन आयात गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गरी दैनिक २० किलो मात्र सुन आयातको व्यवस्था मिलाउन नेपाल बैंकर्स संघलाई निर्देशन दिएको हो ।

आयात गरिएको सुनको गुणस्तर ९९.९९ प्रतिशत हुनुपर्ने छ । रसिदमा सुनको ब्राण्ड र शुद्धता उल्लेख हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै १००, २०० र ५०० ग्रामको परिमाणमा आयात गरी बिक्री वितरण गर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन रहेको छ ।

२०७६ पुस १० गते प्रकाशित

२०७६ पौष १० गते ०९:११ मा प्रकाशित

You can share this post!

फेरि आयो विभिन्न जिल्लाका करार शिक्षकको थप नयाँ सूचि

एभरेष्ट बैंकको घर कर्जा : ४० लाख रुपैयाँसम्म ऋण दिने, मासिक किस्ता कति ?

Related posts