काठमाडौं । शिक्षक सेवा आयोगले धमाधम करार सूचि गरिरहेको छ । आयोगले प्राथमिक तह अन्तर्गत हालसम्म ३३ जिल्लाका शिक्षकको करार सूचि सार्वजनिक गरेको छ ।
पछिल्लो पटक विहीवार दुई जिल्ला सोलुखुम्वु र भोजपुर जिल्लाको सूचि सार्वजनिक गरेको थियो । आयोगले शिक्षक सेवा आयोग नियमावलि २०५७ को नियम २४ बमोजिम करार शिक्षकमा नियुक्ति गर्नको लागि सूची प्रकाशन गरेको हो ।
आयोगले भक्तपुर, पाँचथर, दाङ, गोरखा, सल्यान, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, बारा, सिरहा, सप्तरी, कपिलबस्तु, डडेल्धुरा, नवलपरासी, महोत्तरी, सुनसरी, रौतहट, अर्घाखाँची, ललितपुर, जुम्ला, बाँके, झापा, रोल्पा, कञ्चनपुर, कैलाली, नुवाकोट, मोरङ, मनाङ र चितवन जिल्लाको करार शिक्षाको सूची सार्वजनिक गरेको हो ।
करार सूचि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२०७६ पुस ११ गते प्रकाशित
वि.सं.२०७६ पुस ११ शुक्रवार ०९:१६ मा प्रकाशित