बरुण हाइड्रोपावरको नाफा १ करोड ५८ लाख

काठमाडौं । चालू आवको पहिलो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनीले रू. १ करोड ५८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३६ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू. १ करोड १५ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. २५ करोड ५१ लाख छ ।

रिजर्भ कोषमा रू. २ करोड ५६ लाख छुट्याएको हो । चालू आवको पहिलो त्रैमासका कम्पनीले विद्युत विक्री बापत रू. ३ करोड २४ लाख आम्दानी गरेको छ ।

प्रतिशेयर आम्दानी रू. १० दशमलव ०७, मूल्य आम्दानी अनुपात ८ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ०७ छ । दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८१ मा कारोबार भएको छ ।

२०७६ पुस ११ गते प्रकाशित

२०७६ पौष ११ गते १३:२५ मा प्रकाशित

You can share this post!

एनएमबि बैंकको साधारण सभा गर्ने स्थान परिवर्तन (सूचनासहित)

ह्वात्तै बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

Related posts