काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेमा विजय लघुवित्त वित्तिय संस्था, नेरुडे लघुवित्त वित्तिय संस्था, कृषि विकास बैंक तथा नेपाल बैंक लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको हो ।
नेप्सेले विजय लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६२३ दशमलव ४८, नेरुडे लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ४८६ दशमलव ०९, कृषि विकास बैंकको ६ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ३९३ दशमलव ४० र नेपाल बैंकको १५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. २७५ दशमलव ६५ तोकेको छ ।
२०७६ पुस १३ गते प्रकाशित
वि.सं.२०७६ पुस १३ आइतवार ०९:२८ मा प्रकाशित