back
NMB ad

साताको पहिलो दिन : नेप्से पाँच अङ्कले घट्यो

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ ।

यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो ।

यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।

यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।

२०७६ पुस १३ गते प्रकाशित

वि.सं.२०७६ पुस १३ आइतवार १६:३० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...