back
NMB ad

लाइसेन्स प्रक्रिया परिवर्तन गर्दै विभाग, लिखित परीक्षा दिन ३ महीने कोर्ष लिनुपर्ने

Kumari bank ad

काठमाडौं । सरकारले ठूला सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई लक्षित गर्दै लाइसेन्स लिनका लागि तीनमहीने कोर्ष नै लिनुपर्ने गरी संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारेको छ ।

हाल सामान्य लिखित परीक्षापछि ट्रायल दिएर ट्रायलमा पास भएपछि विभागले लाइसेन्स दिइरहेकोमा ठूला सवारीसाधनका लागि लाइसेन्समा कडाइ गर्दै विभागले परीक्षाको स्वरूप परिवर्तन गर्न लागेको हो । विभागका अनुसार उक्त मस्यौदा पास भएर ऐन बनेपछि सवारी चालकले तीनमहीने कोर्ष लिएर मात्रै लिखित परीक्षा दिन पाउनेछन् ।

उक्त परीक्षामा पास भएपछि चालकले ट्रायल दिनुपर्नेछ । तर, उक्त ट्रायलमा पास हुँदैमा चालकले लाइसेन्स पाउने छैनन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘ट्रायलपछि चालकले सडकमा ६ महीनासम्म सवारी चलाउनुपर्नेछ र सडकको रिपोर्ट राम्रो आएपछि मात्र चालकले लाइसेन्स पाउनेछन् ।’ उक्त रिपोर्ट कार्ड राम्रो नभए क्रमशः ३र३ महीना म्याद थपिने उनले बताए ।

विभागले सबैभन्दा बढी सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेकाले लाइसेन्स वितरणमा कडाइ गर्न लागेको हो । यसले बढ्दो सवारी दुर्घटनालाई घटाउने विश्वास विभागको छ । ‘सवारी सुरक्षालाई ध्यानमा राखी ठूला सवारीसाधनको लाइसेन्समा कडाइ गर्न लागिएको हो,’ हमालले भने ।

ऐनको मस्यौदामाथि विभागले पुस १३ र १४ गते सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीसँग छलफल गर्दै छ । प्रदेश सरकारसँगको छलफलपछि मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइने महानिर्देशक हमालले बताए । मन्त्रालयले उक्त ऐनमाथि विज्ञको सुझाव लिनेछ र संसद्मा पठाउनेछ ।

यद्यपि, विभागले प्रदेश सरकारसँग छलफल गरी ऐन संशोधन गर्न पनि सक्नेछ । विभागबाट उक्त मस्यौदा मन्त्रालयमा गयो भने पनि विज्ञको सुझाव लिएर यसलाई संशोधन गर्न सक्ने अधिकार मन्त्रालयसँग छ ।

२०७६ पुुस १४ गते प्रकाशित

वि.सं.२०७६ पुस १४ सोमवार ०८:३७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...