काठमाडौं । दुई वित्तीय संस्थाले पुस २३ गतेदेखि एकिकृत गर्नेभएका छन । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार पुस २३ गतेदेखि शुरु हुने भएको हुन ।
दुई लघुवित्तहरु एक आपसमा गाभिए पश्चात कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
दुवै कम्पनीको कात्तिक २५ गते सम्पन्न विशेष साधारण सभाले एकआपसमा गाभ्नेरगाभिने प्रस्ताव पारित गरेका थिए ।नेपाल राष्ट्र बैंकको पुस २ गतेको अन्तिम स्वीकृति र पुस ११ गतेको कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने र संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी स्वीकृति दिएको थियो ।
दुई कम्पनी गाभिएपश्चात कम्पनीको रजिष्ट्रर्ड कार्यालय हाललाई वालिङ ८, स्याङ्जामा रहने जानकारी समेत कम्पनीले गराएको छ ।
२०७६ पुस १४ गते प्रकाशित
वि.सं.२०७६ पुस १४ सोमवार १०:५१ मा प्रकाशित