back
NMB ad

भोलि सार्वजनिक विदा (विज्ञप्तीसहित)

Kumari bank ad

काठमाडौं । भोलि पुस १६ गतेका दिन सार्वजनिक विदा दिइएको छ । एक सूचना सार्वजनिक गर्दै डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार ‘घुम्न जाऔँ अमरगढी’ अभियानको शुभारम्भ गरिने भएकाले सार्वजनिक विदा दिएको नगरपालिकाले जनाएको छ ।

अमरगढी नगरपालिका ५ बसपार्कमा भव्य कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिने भएकाले नगर कार्यपालिकाको मंगलबारको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार अमरगढी नगरपालिकाको कार्यालय, नगरपालिका अन्तरगतका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरूमा विदा दिइएको हो। भागेश्वरमा पनि सार्वजनिक विदा डडेल्धुराको भागेश्वर गाउँपालिकाले यहीँ पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘घुम्न जाऔँ भागेश्वार अभियान’ को शुभारम्भ गरिने भएको हुँदा गाउँपालिकाले सार्वजनिक विदा दिएको हो ।

गाउँपालिका ४ को टप्वामा विविध कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिने भएकाले गाउँपालिकाको यही पुस ८ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए ।

हेर्नुहोस् सूचना


२०७६ पुस १५ गते प्रकाशित

वि.सं.२०७६ पुस १५ मंगलवार १५:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...