back
NMB ad

सहकारीलाई उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोडौ : अध्यक्ष प्रचण्ड

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आधारभूत जनताको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि सहकारी क्षेत्रको सक्रियता र प्रभावकारीमा जोड दिनुभएको छ ।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार काठमाडौंमा वधाई तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

यो देशका सबै राजनीतिक दलहरुको सहभागितामा समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी सहितको सहभागितामा अगाडि बढ्ने गरी अर्थतन्त्रको परिकल्पना गरिएको भन्दै उहाले सहकारीलाई उत्पादन वृद्धि र रोजगारी सिर्जनातर्फ अग्रसर गराउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी महासंघले सरकारसंगको समन्वयमा देशभरका सहकारीहरुलाई उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने अभियानमा सक्रिय बनाउनु पर्नेमा जोड दिदै अध्यक्ष प्रचण्डले त्यसका लागि पार्टीहरुको तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा महासचिव विष्णु पौडेलले नेपालको समृद्धिका लागि सहकारीलाई राज्यले प्राथमिकता दिएकाले यो क्षेत्रमा काम गर्नेहरु थप सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो । हामीले सहकारी क्षेत्रलाई ओझेलमा परेको हेर्न सक्दैनौ, सहकारी क्षेत्र शसक्त हुनका लागि यसको लक्ष्य, राज्यले लिएको योजना र जनतासंगको सम्बन्धलाई थप प्रभावकारी बनाउनु पर्ने उहाँको सुझाव थियो ।

कार्यक्रममा महासंघका नवनिर्वाचित लेखा समितिका संयोजक धर्मदत्त देवकोटाले सहकारीलाई समाज रुपान्तरणका महत्वपूर्ण र प्रभावकारी माध्यमका रुपमा अगाडि बढाउनका लागि सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

महासंघको २७ औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष मिनराज कंडेल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक धर्मदत्त देवकोटा लगायत महासंघका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस १६ बुधवार १९:५२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...