काठमाडौं । नागरिक लघुवित्तसँग मर्जर पश्चात वोमी लघुवित्तको ५ लाख ४ हजार कित्ता शेयर कारोबारको लागि सूचीकृत भएको छ ।
मर्जरपछि नागरिक तर्फको उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत भएको हो । त्यसैगरी नेपाल स्टक एक्सचेञ्ले मर्जर सम्झौतापश्चात रोक्का राखेको वोमी लघुवित्तको शेयर कारोबार समेत फुक्का गरेको छ ।
गत फागुन २४ गते मर्जर सम्झौता गरेका वोमी र नागरिक लघुवित्तले मंसिर ३० गतेदेखि एकीकृत कारोबार थालेका थिए ।
लघुवित्त कम्पनीहरु १००ः७२ को स्वाप रेशियोमा एक आपसमा गाभिएका थिए। सोहि स्वापअनुसार नेप्सेले लघुवित्तको शेयर सूचीकरण गरेको हो ।
वि.सं.२०७६ पुस १७ बिहीवार १४:२१ मा प्रकाशित