back
NMB ad

मिर्मिरे लघुवित्तको ४५% बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ४५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता ६२० रुपैयाँलाई आधार मानेर आइतबार मिर्मिरेको सेयर कारोबार खुल्नेछ ।

पुस २८ गते साधारण सभा बोलाएको यस कम्पनीले शुक्रबार (पुस १८ गते) देखि बुक क्लोज गरेको हो । बिहीबार (पुस १७ गते) सम्म सेयर किन्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् । सभा मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल–३ काभ्रेपलान्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभामा गत वर्षको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिदैछ ।

संस्थापक समूहको ४ जना र सर्वसाधारण समूहको २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यस सम्बन्धी अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १६:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...