back
NMB ad

लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको संक्षिप्त सूची तयार

Kumari bank ad

काठमाडौं । लगानी सम्मेलनमा प्रतिवद्धता गरिएका १४ परियोजनाको पूर्व योग्यता मूल्यांकन सकेर लगानीकर्ताको संक्षिप्त सूची तयार पारिएको छ ।

लगानी बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर १४ परियोजनाको करिब ११ खर्ब ८८ अर्ब नेपाली रूपैयाँ बराबरको लगानीको सूची तयार पारिएको जनाएको छ ।

ती मध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनी समेत छनोट भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार १० अर्ब ५४ करोड रूपैयाँको गाडी एसेम्बल्डका लागि लगानी प्रतिवद्धता गरेको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

बोर्डले प्रदेश १ को दमकमा करिब ६४ अर्ब ६१ करोड रूपैयाँ लागत रहेको चाइना नेपाल फ्रेन्डसिप पार्क निर्माणमा समेत समझदारी भएको जनाएको छ ।

त्यस्तै विराटनगर, वीरगंज र भैरहवामा निर्माण हुने करिब १३ अर्ब रूपैयाँ कुल लागतको मल्टीमोडल लजिस्टिक पार्कको विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार प्रस्ताव आह्वान नगरिएका परियोजनामा प्राप्त प्रस्तावहरूमध्ये १० वटा परियोजनाहरू कार्यान्वयनको चरणमा छन ।

२०७६ पुस १८ गते प्रकाशित

वि.सं.२०७६ पुस १८ शुक्रवार १६:२७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...