back
NMB ad

वाणिज्य बैंकहरूको शेयरमा ‘एनएमबी हाइब्रिड फन्डएल–१’ को सबैभन्दा बढी लगानी

Kumari bank ad

काठमाडौं । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनएमबी हाइब्रिडफन्ड एल–१ ले सूचीकृत शेयरमध्ये वाणिज्य बैंकहरूको शेयरमा सबैभन्दा बढी लगानी गरेको छ ।

फन्डले मंसिर मसान्तसम्म सूचीकृत शेयरमा रू. ४० करोड ११ लाख ८६ हजार लगानीमध्ये वाणिज्य बैंकहरूको १७ कम्पनीको शेयरमा रू. १५ करोड ९० लाख २० हजार लगानी गरेको छ । कम्पनीले ५७ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

कात्तिक मसान्तसम्मको तुलनामा मंसिर मसान्तमा फन्डले गरेको धितोपत्र तथा अन्य लगानी मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

कात्तिक मसान्तसम्म सूचीकृत शेयर, ऋणपत्र तथा बन्ड, सार्वजनिक निष्कासन, हकप्रद शेयर, बोनस शेयर र मुद्दती निक्षेपमा गरी कुल रू. ६९ करोड ७७ लाख ७६ हजार रहेको लगानीमूल्य मंसिर मसान्तसम्म आइपुग्दा रू. ८१ करोड ६७ लाख २१ हजार पुगेको हो । यस फन्डले मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ ।

मंसिर मसान्तसम्मको लगानीको कुल लागत मूल्य रू. ५२ करोड ८२ लाख ३५ हजार रहेको छ । लागत मूल्यभन्दा फन्डको लगानी मूल्य बढी रहेको छ ।

कात्तिकमा रू. ९ दशमलव ८७ रहेको प्रतिएकाइ खुद मूल्य मंसिर मसान्तसम्म रू. १० दशमलव ११ कायम भएको छ । यो योजनाले मंसिर मसान्तमा रू. ५७ लाख ९५ हजार नाफा आर्जन गरेको छ ।

कात्तिकसम्म रू. ५८ लाख ८४ हजार नोक्सानीमा रहेको यस योजनाले कात्तिकमा रू. १ करोड ४३ लाख ६० हजार आम्दानी गरेसँगै नाफा आर्जन गर्न सफलता मिलेको हो ।

२०७६ पुस २० गते प्रकाशित

वि.सं.२०७६ पुस २० आइतवार १०:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...