सुनको भाउले बनायो नयाँ रेकर्ड : यसकारण बढिरहेको छ मूल्य !

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ । आइतबार नयाँ रेकर्ड कायम भएको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७५ हजार ५०० रुपैयाँ पुगेको छ ।

व्यवसायीहरुका अनुसार यो अहिलेसम्मकै उच्च मूल्य हो । गत शुक्रबार पनि छापावाला सुनको मुल्य १ हजार रुपैयाँले नै वृद्धि भएर तोलाको ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । यस्तै, तेजावी सुनको मुल्य पनि १ हजार रुपैयाँले नै बढेर ७५ हजार २०० रुपैयाँ पुगेको छ ।

शुक्रबार तेजावी सुनको मुल्य ७४ हजार २०० सय रुपैयाँ रहेको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको थियो । स्थानीय बजारमा सुन पूरै आयातमा निर्भर छ ।आन्तरिक माग र आपूर्तिका कारण भन्दा पनि विश्व बजारमा निर्धारण हुने मूल्यकै आधारमा नेपालमा पनि मुल्य तय हुने व्यसायीहरुको भनाई छ ।

२०७६ पुस २० गते प्रकाशित

२०७६ पौष २० गते १५:०२ मा प्रकाशित

You can share this post!

बैंकहरुले गो–एएमएल माघदेखि लागू गर्ने, सर्वसाधारणलाई यस्ता छन् फाइदा

समायोजन हुँदै हवाई भाडा, यस्तो छ मन्त्रालयको तयारी

Related posts