back
NMB ad

नेप्सेमा सूचिकृत यी २५ कम्पनीको एकै दिन साधारणसभा

Kumari bank ad

काठमाडौं । पुस २९ गते २५ कम्पनीको साधारणसभा हुने भएको छ । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीको रूपमा स्थापना भएको पहिलो १ वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र साधारणसभा गर्नुपर्ने प्रावधान छ ।

सोहीअनुसार सूचीकृत २५ कम्पनीले पुस महीनाभित्रै सभा सम्पन्न गर्ने उद्देश्यले पुस २९ मा साधारणसभा गर्न लागेका हुन ।
त्यस दिन साधारणसभा गर्ने कम्पनीहरूमा सात लघुवित्त कम्पनी, सात फाइनान्स, सात विकास बैंक, एक जलविद्युुत् कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, नेपाल स्टक एक्सचेन्ज र तारागाउँ रिजेन्सी होटल लगायत कम्पनी छन ।

केही कम्पनीले राष्ट्र बैंकबाट वार्षिक प्रतिवेदनमा ढिलो स्वीकृति पाएकाले साधारणसभा अन्तिममा आएर गर्नुपरेको बताएका छन ।

२ महीनाअघि वार्षिक प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गरेर साधारणसभा भने पुस अन्तिममा गर्दा कम्पनीबारे सुझाव दिन र समग्र कम्पनीको अवस्था थाहा पाउनबाट वञ्चित भएको लगानीकर्ता डम्मरबल्लभ घिमिरेको गुनासो छ ।

सूचीकृत सबै कम्पनीको शेयरमा लगानी रहेको र सकेसम्म सबै कम्पनीको सभामा उपस्थित भई सुझाव दिँदै आएका उनले एकै दिन धेरै कम्पनीको सभामा सहभागी हुन समस्या हुने बताए ।

एकै दिनको सभाले सदस्यहरूको गणपूरक संख्या पुग्नेमा पनि समस्या हुन सक्ने उनले औंल्याए । आगामी वर्ष पनि यस्तो गरेमा राष्ट्र बैंकमा उजुरी गरिने चेतावनी समेत उनले दिए । यसरी एकै दिन साधारणसभा बोलाउँदा शेयरधनीको अधिकार हनन भएको पनि उनको गुनासो छ ।

यसरी हेर्दा आगामी दिनमा कम्पनीहरूले समय अनुकूल मिलाएर साधारणसभा गर्नुपर्ने हुन्छ । साधारणसभा भनेको कम्पनीको वर्षभरिको प्रगतिबारे सार्वजनिक कार्यक्रममार्फत शेयरधनीलाई जानकारी गराउने र उनीहरूको सुझाव सहित सभाका लागि तय गरेको प्रस्ताव पारित गराउने हो ।

कम्पनीले साधारणसभाका लागि तय गरेको प्रस्ताव शेयरधनीहरूको गणपूरक संख्या पुगेको सभाले पारित गरे मात्र मान्य हुनेछ ।

यसर्थ शेयरधनीले कम्पनीको बारेमा सुझाव दिन पाउनुपर्ने र कम्पनीको सम्रग अवस्था थाहा पाउनुपर्ने भएकाले कम्पनी शेयरधनीप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार ०९:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...