back
NMB ad

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक निक्षेप योजना, के–के छन् विशेषता ?

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले थप विशेषताहरु भउको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

२०२० को उपलक्ष्यमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि १० लाख सम्मको बीमा सुविधा र १ लाखसम्मको औषधी उपचार बीमा सुविधा निजले प्राप्त गर्न सक्नेछन ।

औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा २० हजारसम्म र अस्पताल भर्ना वापत ८० हजारसम्मको बीमा सुविधा प्रदान गर्नेछन । उल्लेखित बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्सलाई तिर्नेछ ।

ग्राहकले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सिरिज गरी तीनवटा भेरियन्टसका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्नेछन ।

यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सिरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुनेछन ।

साथै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइनेछ ।

न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहक महानुभावहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्रदान गर्नेछ ।

यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँदछ ।

मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५ प्रतिशत सम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्नेछन ।

ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एक पटक निर्देशन दिनु पर्दछ । ट्रान्सफर गरिने रकम रु ५०० का दरले गुणन गरेर हुन आउने रकम तय गर्न सकिन्छ ।

मासिक निक्षेप खाता ३ महिना देखि १० वर्षसम्मको लागि खोल्न सकिन्छ । साथै, ग्राहकले चाहेको समयमा आफैले मोबाईल बैंकिङ्ग वा ईन्टरनेट बैंकिङ्गको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

विभिन्न ३० सुविधायुक्त “न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता” सहितका निक्षेप योजना बैंकले ल्याएको छ ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार ११:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...