back
NMB ad

सेयर बजार बढनुको मुख्य कारण : अर्थमन्त्री परिवर्तनको हल्ला !

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुगेको छ ।

लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले बढेर २६०.६७ पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि भारी वृद्धि भएको छ । स्टकका अनुसार आज कुल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिदबिक्री भयो ।

कारोबार भएको कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहको शेयर मात्र ओरालो लागेको छ । व्यापार १२.२६ अङ्कले घट्दा बैंकिङ २५.८६, होटल २.९८, विकास बैंक १३.१७, जलविद्युत् ०.१४, वित्त १.४९, निर्जीवन बीमा ०.७९, उत्पादन ४.४५, अन्य ३.५६, लघुवित्त ३३.९८, जीवन बीमा १२.१३ र सामूहिक लगानी कोषको शेयर ०.१५ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु आठ करोड ४६ लाख पाँच हजार २१५ मा खरिदबिक्री भयो ।

यस्तै नेको इन्स्योरेन्सको रु तीन करोड ७० लाख ९९ हजार ५९८, शिवम् सिमेन्टको रु तीन करोड ६६ लाख ६२ हजार १६८, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ६४ लाख १२ हजार ६७२, प्रभु बैंकको रु दुई करोड ५८ लाख ६ हजार ३३१, नेपाल लाइफ इन्स्योरेन्सको रु दुई करोड ४७ लाख ६४ हजार ५१८, एनएमबी बैंकको रु दुई करोड २७ लाख एक हजार ८१, एनसीसी बैङ्कको रु एक करोड ८९ लाख ५८ हजार ४५१, नेपाल बैंकको रु एक करोड ७९ लाख ७५ हजार ७९९ र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर रु एक करोड ६९ लाख ९३ हजार ८५० मा खरिदबिक्री भयो ।

आज बढी वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । आइतबार सो कम्पनीले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि त्यसको प्रभाव बजारमा देखिएको हो ।

यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ७.१४, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ६.३०, गुराँस लघुवित्त वित्तीय संस्था ६.२४, सिभिल लघुवित्त वित्तीय संस्था ५.८८ र स्वरोजगार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८१ प्रतिशतले कमाए ।

परिसूचक बढे पनि नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ४.९४ प्रतिशतले गुमाए । यस्तै नेशनल हाइड्रो पावर कम्पनी ३.७७, हिमालयन ऊर्जा विकास कम्पनी ३.७३, नेपाल सेवा लघुवित्त वित्तीय संस्था २.७३, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा वित्तीय संस्था २.५ र साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले २.०४ प्रतिशतले गुमाए ।

नेको इस्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ८.४२ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

अर्थमन्त्री परिवर्तनको हल्लाले बढ्यो

राष्टियसभा निर्वाचनपछि अर्थमन्त्री युवराज खतिवडा पदमुक्त हुने सम्भावना बढेपछि शेयर बजार बढेको शेयर विष्लेशकको भनाइ छ । अर्थमन्त्री खतिवडाले शेयर बजार अनुत्पादक क्षेत्र भनेपछि शेयर बजार ओरालो लागेको थियो ।

२०७६ पुस २१ गते प्रकाशित

वि.सं.२०७६ पुस २१ सोमवार १६:०८ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...