काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार ग्लोबल आईएमई, अपि पावर र नेशनल लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
ग्लोबलको १ करोड ३३ लाख ६ हजार ५५७ दशमलव ७९ कित्ता, अपि पावरको ५ लाख ६७ हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्सको ७ लाख ५१ हजार ८६० दशमलव १३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएपश्चात आज (बुधवारदेखि) शेयरधनीहरुले शेयर कारोबार गर्न सक्नेछन् ।
२०७६ पुस २३ गते प्रकाशित
वि.सं.२०७६ पुस २३ बुधवार ०६:५७ मा प्रकाशित