२०७६ पुस २३ गते प्रकाशित
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले पुस २० गते हकप्रद शेयरको बाँडफाँट गरेको हो ।
कम्पनीले १ बराबर १ दशमलव ५(१ः१.५) अनुपातमा कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री खुल्ला गरेको थियो ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७६ पुस २३ बुधवार १३:४२ मा प्रकाशित