back
NMB ad

आरएमडीसीका शेयरधनीहरुलाई २५ % लाभांश दिने प्रस्ताव स्वीकृत

Kumari bank ad

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आव २०७५/०७६ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७५र ०७६ मा संचालन नाफा रू. ४८ करोड २५ लाख आर्जन गरेको जानकारी दिइएको थियो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित १२ दशमलव ५ प्रतिशत नगद लाभांश तथा १२ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।

नेपालमा लघुवित्त कार्यक्रम संचालन गर्ने संस्थाहरुलाई थोक ऋण प्रदान गर्ने उद्देश्यका साथ विसं २०५५ कार्तिक १३ गतेबाट उक्त कम्पनीको स्थापना भएको हो ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय संस्थाको इजाजत प्राप्त कम्पनीको अधिकृतपूँजी रू.१ अर्ब रहेको छ भने जारी तथा चुक्तापूँजी रू.७९ करोड ९३ लाख रहेको छ ।

सभामा पहाडी तथा हिमाली क्षेत्रमा बस्ने गरीब तथा विपन्न वर्गको लागि लघुवित्त कार्यक्रम अझ विस्तार गर्ने र साझेदार संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिने लक्ष्य रहेको अध्यक्ष जोशीले बताइन् ।

साथै उनले कृषि, पशुपंक्षी पालन र क्लिन इनर्जी क्षेत्रको प्रवर्द्धन तथा विकास गर्न साझेदार संस्थाहरुलाई सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउने समेत बताइन् ।

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार १५:११ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...