back
NMB ad

यस वर्षको उत्कृष्ट लाभांश घोषणा गरेको एनएमबि बैंकसहित भोलि यी ६ कम्पनीको एजिएम

Kumari bank ad

काठमाडौं । यस वर्षको उत्कृष्ट लाभांश दिने वाणिज्य बैंकको रुपमा रहेको एनएमबि बैंकले बिहीवार २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

यस दिन एनएमबिसँगै सोल्टी होटल, बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट कम्पनीले पनि साधारण सभा बोलाएका हुन् ।

एनएमबि बैंकले यस वर्ष शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । सभा बिहान १० बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुनेछ ।

सोल्टी होटलले बिहान ११ बजे नेपाल प्रज्ञा भवन, कमलादीमा १५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित सभा आव्हान गरेको हो ।

त्यस्तै, बुटवल पावरले १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न बिहान ११ बजे कार्की ब्यांक्वेटमा सभा बोलाएको छ ।

यसै दिन युनाइटेड मोदी हाइड्रोपावरले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित बिहान ११ बजे वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव सहित होटर्ल याडिसनमा सभा बोलाएको छ ।

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार १५:२९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...