back
NMB ad

एभरेष्ट बैंकको सकियो एजिएम : २५ %लाभांस पारित, कर्मचारीको बोनस मात्रै ४८ करोड

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकको २५ औ वार्षिक साधारणसभाले २५ प्रतिशत लाभांस पारित गरेको छ । साधारणसभाले शेयरधनीहरुका लागि ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस पारित गरेको हो ।

बैंकको प्रमुख शेयरधनी पञ्जाव नेशनल बैंकले नगद लाभांस बापत ३२ करोड १६ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै विके श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बापत १४ करोड ७४ लाख रुपैयाँको नगद लाभांस प्राप्त गरेका छन ।

गत आर्थिक वर्षमा संचालक समितिले बैठक भत्ता बापत १७ लाख ९० हजार रुपैयाँ बुझेका छन । गत वर्ष यस्तो भत्ता ७ लाख १० हजार रुपैयाँ मात्रै लिएका थिए ।

संचालक समितिले जम्मा गरेको निक्षेप वापत ११ करोड ७२ लाख रुपैयाको व्याज रकम पाएको बैंकले जनाएको छ। प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पारिश्रमिक तथा अन्य सुविधा बापत चार करोड ११ लाख रुपैयाँ बुझेका छन् ।

गत वर्ष यस्तो व्यवस्थापनले दुई करोड ८२ लाख रुपैयाँ मात्रै बुझेका थिए । उनीहरुले जम्मा गरेको निक्षेपबाट ७ लाख ११ हजार रुपैयाँ व्याज पाएको बैंकले जनाएको छ ।

बैंकको उच्च व्यवस्थापनमा प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगी सहित गिरीश कोहली, राजीब जैन, केशवराज पौडेल, आशुतोस शर्मा रहेका छन ।

त्यस्तै एसिस्टेन्ट जनरल म्यानेजरमा थप चार जना कर्मचारी छन । कर्मचारीहरुले बोनस बापत मात्रै ४८ करोड ३० लाख रुपैयाँ बुझेका छन् । बैंकले कर्मचारी खर्च मात्रै ६० करोड ७७ लाख रुपैयाँको गरेको छ ।

पञ्जाब नेशनल बैंकबाट आएका प्रतिनिधीले आतेजाते, सुरक्षा तथा अन्य प्रशासनिक खर्च बापत एक करोड १३ लाख रुपैयाँ लिएका छन । अघिल्लो आर्थिक वर्षबाट पारित भएको नगद लाभांस बापत ३० करोड ६ लाख रुपैयाँ लाभांस बापत पञ्जाव नेशनल बैंकले लगेको थियो ।

२०७६ पुस २३ गते प्रकाशित

वि.सं.२०७६ पुस २३ बुधवार १७:२१ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...