back
NMB ad

माघ ५ गते सार्वजनिक विदा दिने मन्त्रीपरिषद्को निर्णय

Kumari bank ad

काठमाडौं । आउँदो माघ ५ गते आइतवार सार्वजनिक विदा दिएको छ । बलिदानी दिवसको अवसर पारेर प्रदेश २ सरकारले उक्त दिन सार्वजनिक विदा दिएको हो ।

सरकारले यस पटकको बलिदानी दिवस वीरगञ्जमा मनाउने भएको छ । २०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले गत वर्षदेखि बलिदानी दिवस मनाउन सुरु गरेको हो ।

माघ ५ गते सिराहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो ।

यो दिनलाई स्मरण गर्दै प्रदेश २ सरकारले वीरगञ्जमा विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको छ ।

प्रदेश २ सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले बलिदानी दिवसको अवसरमा वीरगञ्जमा विशेष समारोहको आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

समारोहमा बिभिन्न दलका शिर्षस्थ नेताहरुलाई समेत आमन्त्रणा गरी बोलाइनेछ भने मधेश आन्दोलनका शहीद परिवार तथा घाइतेहरुलाई सम्मान गरिने निर्णय गरेको उनले बताए ।

प्रदेश सरकारले गत वर्ष बलिदानी दिवस सिराहाको लहानमा मनाएको थियो । बैठकले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ ।

बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

२०७६ पुस २४ गते प्रकाशित

वि.सं.२०७६ पुस २४ बिहीवार १३:३३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...