नेपाल बैंकको नगद लाभांश पारित

काठमाडौं । नेपाल बैंकको शुक्रबार बसेको ६० औं साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।

शसस्त्र प्रहरी बलको सभाहलमा भएको बैंठकले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

यस्तै, चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ ।

यस्तै बेंकले अधिकृत पूँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

२०७६ पुस २६ गते प्रकाशित

२०७६ पौष २५ गते १५:३७ मा प्रकाशित

You can share this post!

पोखरा फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

ह्वात्तै घट्यो प्याजको मूल्य ! प्रतिकिलो कति ?

Related posts