back
NMB ad

कर्मचारीलाई बोनस बाँड्ने आयल निगमको निर्णय

Kumari bank ad

काठमाडौं । नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ ।

निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो ।

त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरियो ।

चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ ।

खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ ।

गत आव ०७५/७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ ।

सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई चिठी पठाउने निर्णयसमेत गरेको स्रोतले बतायो । ‘नाफाको एक प्रतिशत रकमबाट सबै कर्मचारीले एक महिनाबराबरको रकम बोनसबापत पाउने गरी सञ्चालक समितिबाट निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न अर्थबाट सहमति लिन निगमले पत्राचार गर्ने भनिएको छ ।’

अर्थलाई पत्राचार गरिदिन निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोधसहितको पत्रसमेत पठाइसकेको छ । यस विषयमा २९ गते डाकिएको निगमको वार्षिक साधारणसभाबाट अन्तिम निर्णय गराउने निगमको योजना छ । स्रोतका अनुसार बोनस बाँड्न दिन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । निगमको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटा छन ।

निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सव कार्यक्रममा सञ्चालक समिति अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बोनस वितरण गर्ने संकेत गरे ।

निगमका ट्रेड युनियनका अध्यक्षहरू विकास बखती, गोपालचन्द्र राई र देवीप्रसाद न्यौपानेले ऐनअनुसार पाउनुपर्ने बोनस सुविधा नपाएको भन्दै गुनसो गरेका थिए । अर्यालले ऐन, नियमका प्रक्रिया र्पुयाएर कार्यान्वयन गर्न लागिएको बताए । ‘कर्मचारीलाई सुविधा प्रदान गर्न ऐन–नियम बनेका छन् । त्यसलाई कार्यान्वयन गर्न बाधा पनि छ । त्यसैले केही समय धैर्य गर्नुस्,’ उनले भने, ‘बाधा पन्छाएर काम गर्नुपर्नेछ ।’

तर, नयाँ पत्रिकासँगको कुराकानीमा भने आर्यालले बोनस बाँड्ने सञ्चालक समितिको निर्णय लुकाउन खोजे । ‘कार्यक्रममा मैले बोनसबारे केही उच्चारण गरेको छैन,’ उनले भने, ‘कर्मचारीको प्रोत्साहन प्याकेजबारे कुरा गरेको हुँ । सञ्चालक समितिबाट पनि बोनसबारे केही निर्णय भएको छैन ।’

एक महिनाको तलबबराबर प्रोत्साहन भत्तामा १ करोड

अर्यालले ५०औँ वार्षिकोत्सवमा सबै कर्मचारीलाई एक महिनाको तलबबराबरको प्रोत्साहन भत्ता वितरण गर्ने बताए । सबै कर्मचारीलाई एक महिनाको तलबबराबर प्रोत्साहन भत्ता दिँदा करिब डेढ करोड रुपैयाँ खर्च हुने निगमले जनाएको छ ।

कर्मचारीलाई बोनस बाँड्न ३ अर्ब कोषमा, चार करोड बाँड्ने तयारी

आर्थिक वर्ष ०७१/७२ बाट नाफा आर्जन गर्न थालेको निगमले हालसम्म कर्मचारीलाई बोनस वितरण गर्नका लागि कोषमा ३ अर्ब रुपैयाँभन्दा बढी मौज्दात राखेको छ । निगमले चर्को नाफा राखेर पेट्रोलियम बिक्री गर्दै आएको र उपभोक्ताको ढाड सेकेर कर्मचारीले बोनस खान लागेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ । त्यसैले बोनसबापत बाँड्नुपर्ने रकम कोषमा जम्मा भएर बसेको छ ।

०६९ मा तत्कालीन महाप्रबन्धक सुरेश अग्रवालले कर्मचारीलाई १ करोड २४ लाख रुपैयाँ बोनस वितरण गर्दा जेल जानुपरेको थियो । त्यसैले उनी यताका महाप्रबन्धकहरू शिवप्रसाद पुडासैनी, जयराज आचार्य, चण्डिका भट्ट, गोपालबहादुर खड्का र सुशील भट्टराईले बोनस वितरण गर्ने हिम्मत गरेका थिएनन् । हालका प्रमुख सुरेन्द्रकुमार पौडेलले भने कानुनी प्रक्रिया पूरा गरेर बोनस वितरणको गृहकार्य अघि बढाउने कर्मचारीलाई आश्वासन दिएका थिए ।

बोनस ऐनले नाफा गरेको वर्षको १ प्रतिशत हुन आउने रकम बोनसबापत कर्मचारीलाई वितरण गर्न सक्ने व्यवस्था गरेको छ । तर, ऐनका विषयमा सरकारले निर्णय गरेबमोजिम हुनेछ भन्ने एक वाक्यांशसमेत राखिएको छ । जसकारण निगम प्रमुख पौडेललाई बोनस बाँड्न अर्थ मन्त्रालयको सहमति माग्नुपरेको हो ।

चरम सञ्चित नोक्सानी र ऋणबाट गुज्रेका वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्का विभिन्न समिति, विभागीय मन्त्रालय र अर्थ मन्त्रालयले निगमलाई बोनस नबाँड्न निर्देशन दिएका थिए ।

निगम हाल नाफामा भए पनि ती निकायको निर्णय भने यथावत् छ । सरकारले विभिन्न निकायलाई बोनस बाँड्न स्वीकृति नदिएसम्म निगम कर्मचारीलाई बोनस खान बाटो खुल्ने देखिँदैन । (नयाँ पत्रिकाबाट)

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार १०:०६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...