back
NMB ad

सेयर बजारमा उछाल : एकै दिन ४२.६१ अंकले वृद्धि, १ अर्ब ३३ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ । आइतबार बजार ४२.६१ अंक बढेर नेप्से परिसुचक १ हजार २४४.७२ अंकमा पुगेको छ ।

अघिल्लो सातादेखि उकालो लागेको सेयर बजार निरन्तर बढेको छ । आइतबार बीमा र लघुवित्त संस्थाले बजार बढाएका छन् ।

आइतबार १ अर्ब ३३ करोड ५७ रुपैयाँ बराबरको ३८ लाख ३१ हजार ५४ कित्ता सेयर किनबेच भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार ५ रुपैयाँ ५ करोड ८८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको सेयर मूल्य बढेको छ ।

यस्तै ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४०३ रुपैयाँमा ४ करोड ६३ लाख ५६ हजार र एनआईसी एसिया बैंकको प्रतिकित्ता ४४६ रुपैयाँमा ४ करोड ७ लाख ८१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार बैंक तथा वित्त, बीमा, जलविद्युत, उत्पादन, होटल र म्युचअल फण्डलगायत सेयर मूल्य बढेको छ ।

नेपाल लाइफ, प्रिमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...