back
NMB ad

यसकारण आयो सेयर बजारमा उछाल !

Kumari bank ad

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाइ गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ ।

त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकहरू बताउँछन्। बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज हुँदा ब्याजदर घट्ने र निक्षेपमा भन्दा शेयर बजारबाट बढी प्रतिफल लिन सकिने भएकाले शेयर बजारका परिसूचकहरू बढ्न थाल्छन् ।

आइतबारको बजारमा त्यस्तै अवस्था देखिएको शेयर विश्लेषकहरूको भनाइ छ । केही दिनयता बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको र बैंकहरूले ब्याजदर घटाउन थालेकाले लगानीकर्ताको मनोबल बढ्न जाँदा शेयरको माग बढ्न गई कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ ।

आइतबार ४२ दशमलव ६१ अंकले नेप्से बढेको छ। सेन्सेटिभ परिसूचक पनि ८ दशमलव ४७ अंकले बढेको छ। १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरू बढेका छन् ।

शेयर विश्लेषक रुक्मागत काफ्ले बजार बढ्नुमा बैंकमा तरलता अधिक हुनु र ब्याजदर घट्दै जानु रहेको बताए । त्यस्तै, नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायरपर्चेज कर्जामा कर चुक्ता भएको आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न मिल्ने गरी ऋण प्रवाह गर्ने व्यवस्था गरेपछि बैंकहरूले शेयर धितोमा कर्जा बढाउँदा लगानी बढ्न गई नेप्सेमा सकारात्मक प्रभाव परेको उनले बताए ।

त्यस्तै, शेयर विश्लेषक सन्तोश बजगाईंले बैंकमा तरलता बढ्दै जानु र ब्याजदर कम हुन एउटा कारण भए पनि बैंक तथा वित्तीय संस्थाहरूले नगद लाभांश तत्काल लगानीकर्ताको खातामा पठाउँदा शेयर बजारमा लगानी बढेको बताए ।

पछिल्लो समय शेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री राष्ट्रियसभाबाट बाहिरिने निश्चित भएपछि लगानीकर्ताले कारोबार बढाएका थिए । त्यसै बेला शेयर बजारलाई सकारत्मक प्रभाव पर्ने गरी राष्ट्र बैंकको नीतिहरू आउनुले लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरुको भनाइ छ ।

बजारमा उच्च वृद्धि हुँदा आइतबार सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ८८ लाख रुपैयाँको भएको छ। त्यस्तै ५ वटा कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, झण्डै १० कम्पनीका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन्। बजारमा उच्च वृद्धि हुँदासमेत माउण्टेन हाइड्रो, सिनर्जी पावर डेभलोपमेन्टलगायतका कम्पनीका शेयरधनीले भने गुमाएका छन् ।

२०७६ पुस २७ गते प्रकाशित

वि.सं.२०७६ पुस २७ आइतवार १६:०१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...