काठमाडौ । मेगा बैंकले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौँंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमो एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । यो सगै अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ ।
एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरुलाई सहज हुने बैंकले विश्वास लिएको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालयहरु, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल रहेको छ ।
२०७६ पुस २७ गते प्रकाशित
वि.सं.२०७६ पुस २७ आइतवार १६:५४ मा प्रकाशित