माघ १० गते सार्वजनिक विदा !

काठमाडौं । आउँदो माघ १० गतेका दिन सार्वजनिक विदा दिएको छ । माघ १० गते पर्ने तामाङ समुदायको चाड सोना ल्होसारमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

नामाकरण र राजधानीको टुंगो लगाएपछि आइतवार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा सहित अन्य सात निर्णय गरेको छ ।

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७÷७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

२०७६ पुस २८ गते प्रकाशित

२०७६ पौष २८ गते १३:०७ मा प्रकाशित

You can share this post!

नामाकरण र राजधानीको टुंगोपछि बागमतीको पहिलो मन्त्रिपरिषद् बैठक : गर्यो ७ निर्णय

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई एक्वायर गर्ने

Related posts