back
NMB ad

कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया शुरू हुँदै

Kumari bank ad

काठमाडौं । आवेदन आएको ६ महीनापछि नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज कम्पनी छनोट प्रक्रिया अगाडि बढाउन थालेको छ ।

बोर्डको अध्यक्ष पद रिक्त भएपछि कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढ्न सकेको थिएन । अहिले नयाँ अध्यक्ष आइसकेपछि बोर्डले प्रक्रिया अगाडि बढाउन लागेको हो । बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रवार पदभार ग्रहण गरेका थिए ।

बोर्डले कमोडिटी बजार सञ्चालन गर्न चाहने कम्पनीहरूलाई अनुमति दिन गत असारमा आवेदन खुला गरेको थियो । त्यसबेला ६ कम्पनीले आवेदन दिएका थिए ।

कमोडिटी एक्सचेन्ज कम्पनी छनोटका लागि ५ सदस्यीय समिति गठन गरिएको थियो । तर, ती कम्पनीको आवेदनमाथि अहिलेसम्म प्रारम्भिक अध्ययनसमेत गरिएको थिएन । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले समाचार लेखेका छन ।

छनोट समितिका सदस्य तथा बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले छनोट प्रक्रिया अघि बढाउने काम भइरहेको बताए । उनले भने, ‘बीचमा अध्यक्ष पद रिक्त हुँदा काम अघि बढाउन सकिएन । अहिले नयाँ अध्यक्षज्यूलाई यस विषयमा जानकारी गराइरहेका छौं । त्यसपछि व्यवस्थापन समूहसँग सहकार्य गरेर प्रक्रिया अगाडि बढाउँछौं ।’

बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले अब छिटै कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट प्रक्रिया अगाडि बढाउने बताए । ‘अहिले छनोट समितिबाट यसको अवस्था र आवश्यक सूचनाको जानकारी लिइरहेको छु । छिटै छनोट प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

यद्यपि, कम्पनी छनोट गर्न कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ । तोकिएको मापदण्ड कम्पनीहरूको नपुगेको हुनसक्छ । अध्ययन गर्दा कागजपत्र थप गर्नुपर्ने हुनसक्छ । त्यसैले व्यावहारिक रूपमा यति समयभित्र लाइसेन्स जारी गर्छां भन्ने स्थिति छैन,’ उनले भने ।

गत असोज मसान्तसम्ममा कमोडिटी एक्सचेन्ज कम्पनीको छनोट गर्ने बोर्डको तयारी भए पनि विवादमा आउने डरले बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्की मौन बसेका थिए । तर, उनकै नेतृत्वमा रहेको बोर्डले पहिलेको आवेदन रद्द गरेर कमोडिटी एक्सचेन्जका लागि नयाँ आवेदन खुलाएको थियो ।

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी नीतिगत व्यवस्था भएको २ वर्षभन्दा बढी भइसके पनि यस्तो बजार भने अभैm सञ्चालनमा आउन सकेका छैनन् ।

बोर्डले पहिला दुई कम्पनीलाई मात्र वस्तु विनिमय बजार सञ्चालनको इजाजतपत्र दिने भनेको थियो । तर, अध्यक्ष ढुंगानाले लाइसेन्स पाउने कम्पनीको संख्या थपघट हुनसक्ने बताए । उनले भने, ‘पहिले दुई कम्पनीलाई लाइसेन्स दिने भनिए पनि अहिले ठ्याक्कै निर्णय भएको छैन ।

आवेदन दिने कम्पनीको अवस्था, क्षमता र बजारको आवश्यकताबारे मूल्यांकन गरेर मात्र यस विषयमा उचित निर्णय हुनेछ ।’ बोर्डका अनुसार छनोट प्रक्रियामा आवेदन दिएका कम्पनीले आवश्यक सबै कागजात पूरा गरेका छन् कि छैनन् भन्ने आधारमा अंक दिइने छ ।

बोर्डले अंक निर्धारण गर्ने समूह (मार्किङ टीम) बनाएकाले अब उक्त समूहका सदस्यले आवेदन परेको कम्पनीलाई विभिन्न आधारमा अंक दिनेछ ।

‘एक्सचेन्जका सञ्चालक, रणनीतिक साझेदार, चुक्ता पूँजी, वस्तु बजारको क्षेत्र, स्वदेशी वा विदेशी वस्तुलाई दिने प्राथमिकता तथा व्यावसायिक योजनालगायत पक्षलाई आधार बनाई कम्पनीहरूको छनोट गरिने बताइएको छ । (आर्थिक अभियानबाट)

अनुमतिका लागि आवेदन दिने कम्पनीहरू :

  • कमोडिटी फ्युचर्स एक्सचेन्ज
  • राइजल कमोडिटी एक्सचेन्ज
  • मल्टी डेरिभेटिभ एक्सचेन्ज
  • नेपाल डेरिभेटिभ एक्सचेन्ज
  • नेशनल डेरिभेटिभ कमोडिटी
  • नेपाल मर्कन्टाइल

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार ०८:३० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...