ज्योती विकास बैंकको वार्षिक मुनाफा ५४ प्रतिशत

काठमाडौं । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि गरेको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले बृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो । बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि बृद्धि भएको जनाएको छ ।

गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले बृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ । गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ ।

बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

२०७६ पुस २९ गते प्रकाशित

२०७६ पौष २९ गते १३:३६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर, कुनमा कति ? (सूचिसहित)

स्थायी नियुक्ति सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना

Related posts