back
NMB ad

नप्सेको ४० प्रतिशत लाभांश पारित

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आजसम्पन्न नेप्सेको २७ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हुन आउने रकम २० करोड नगद लाभांश वितरण गर्नेछ । उक्त रकम शेयर संरचनाको आधारमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र पछिल्लो समयमा नेप्सेको शेयर खरिद गरेका कर्मचारी सञ्चय कोष, लक्ष्मी बैंक तथा प्रभु बैंक र अन्यले प्राप्त गर्नेछन ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ । नेप्सेले आर्थिक वर्ष २०७५७६ मा २८ करोड खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा नेप्सेले २६ करोड खुद नाफा आर्जन गरेको थियो ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको थियो । संशोधनका लागि धितोपत्र बोर्डसँग समन्वय गर्नुपर्ने भएका कारण सो सभामा पारित गर्न नसकिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

चालु आर्थिक वर्ष्भित्रै विशेष साधारण सभा आयोजना गरी उक्त प्रबन्धपत्र विनियमावली पारित गर्ने उनको भनाइ छ । यी प्रबन्धपत्र नियमावली संशोधन गर्ने प्रस्ताव पारित नभएका कारण पछिल्लो समय केन्द्रिय बैंकले बिक्री गरेको शेयर खरिद गरेका कम्पनीका प्रतिनिधिहरु सञ्चालक समितिमा जान पाएनन् ।नेप्सेको वार्षिक उत्सव साँझ ४ बजेदेखि गर्दैछ ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार १३:५४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...