back
NMB ad

जलविद्युत् कम्पनीको निर्णय : १ अर्ब ३२ करोड नगद लाभांश दिने

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसिएल) ले १ अर्ब ३२ करोड रुपैयाँ बराबर नगद लाभांश दिने भएको छ ।

सञ्चालक समितिको प्रस्ताव अनुसार सोमबार भएको कम्पनीको ८औं वार्षिक साधारणसभाले पारित गरेसँगै सेयर लगानीकर्ताहरुले सो नगद लाभांश पाउने भएका हुन।

कम्पनीले गत आर्थिक वर्षमा १० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिने भएको सोमबार कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव दिनेश घिमिरेले पेश गरेको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५९.३ प्रतिशतले ऋण प्रवाह वृद्धि गरी थप १ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीका अनुसार, हालसम्म कम्पनीले १३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

समीक्षा अवधिको कूल आम्दानीमा अघिल्लो वर्षको तुलनामा गत आवमा ३२.८ प्रतिशत र सोही अवधिको खुद मुनाफा ३५.६ प्रतिशतले बढेर गत आवमा १ अर्ब १० करोड रुपैयाँ आर्जन भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलका अनुसार, बोनस सेयरपछि हुने पुँजीको शतप्रतिशत बराबरको ११ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने तयारी भइरहेको छ ।

कम्पनीका अनुसार संस्थापक शेयरधनीमध्ये सरकारबाट ५ अर्ब ५० करोड रुपैयाँ प्राप्त भएको र कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान तथा कर्मचारी सञ्चय कोष हकप्रद सेयर प्राप्त हुन बाँकी छ ।

सर्वसाधारणका लागि भने सूचना निकालेर हकप्रद माग गरिने जनाइएको छ । कम्पनीले हालसम्म ४ सय ४० मेगावाट क्षमताका १२ जलविद्युत् आयोजनामा ६ अर्ब ८८ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता जनाएको छ । प्रतिवद्धता जनाएको लगानीमध्ये २ अर्ब ५५ करोड रुपैयाँ खर्च भइसकेको पनि कम्पनीले जनाएको छ ।

यसैगरी, कम्पनीले जलविद्युत्सँग सम्बन्धित ४ कम्पनीमा ९२ करोड ६० लाख रुपैयाँ स्वपुँजी लगानीको बाचा गरेकोमा ३४ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

कम्पनीका अनुसार, सहायक कम्पनी (रेमिट हाइड्रो लिमिटेड) स्थापना गरी ७७.५ मेगावाटको घुन्सा र ७०.३ मेगावाटको सिम्बुवा खोला निर्माण अघि बढाइएको छ ।

यस्तै, ४ सय २६ मेगावाटको फुकोट कर्णालीमा स्वपुँजीको १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । कम्पनीले गत आवमा ५७.५ मेगावाटको नुप्चे–लिखुमा ५० करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले स्वपुँजी लगानी गरेको यो निजी क्षेत्रको पहिलो आयोजना हो । उता चीनको पावर चाइनासँगको सहकार्यमा ७ सय ५६ मेगावाटको तमोर र १ सय ५६ मेगावाटको माडी जलाशय निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

२०७६ पुस २९ गते प्रकाशित

वि.सं.२०७६ पुस २९ मंगलवार १५:०० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...